चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले ३०० भन्दा बढी महत्वपूर्ण सुधार उपाय प्रस्तुत गरेको छ। चीनले उच्चस्तरीय खुलापनलाई निरन्तर रूपमा बढाउनुका साथै बजारमुखी, कानूनमा आधारित र अन्तर्राष्ट्रिय व्यावसायिक वातावरणको सिर्जना गरी युरोपेली संघका देशहरू लगायत विभिन्न देशका व्यवसायका लागि अझ बढी मौका प्रदान गर्ने छ।
सेप्टेम्बर ११तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनमा "ईयूले चीनमा लगानी गर्ने कार्यको सावधानीपूर्वक समीक्षा गरिरहेको" भन्ने सन्दर्भमा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता माउ निङका अनुसार, चीन विश्व आर्थिक वृद्धिको लागि महत्वपूर्ण इन्जिन र विश्वभरका उद्यमका लागि लगानी र व्यापार गर्ने हट स्पट हो र अझै पनि रहने छ।