सी चिनफिङद्वारा शाङहाई सहयोग संगठन महिला मञ्चलाई बधाई पत्र
2024-09-11 14:49:08CRI
Share with:

सेप्टेम्बर ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाई सहयोग संगठन महिला मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

 

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले महिला मानवजाति सभ्यता र सामाजिक प्रगतिको महत्वपूर्ण योगदानकर्ता रहेको भन्दै महिलाहरूले विविध पेशा र क्षेत्रमा असामान्य उपलब्धिको सिर्जना गरिरहेको औँल्याउनुभएको छ। उहाँका अनुसार, शाङहाई सहयोग संगठन महिला मञ्च आयोजना गरिएयता विभिन्न मुलुकका महिलाहरूले शाङहाई भावनालाई कायम राख्दै अझ प्रगाढ शाङहाई सहयोग संगठन भाग्य एकरूपताको स्थापनाका लागि महिलाको विशेषतायुक्त शक्ति देखाएका छन्।

 

विभिन्न पक्षहरूसँग मिलेर डिजिटल प्रविधिमार्फत वैज्ञानिक प्राविधिक सिर्जनशीलता र महिला कार्यको विकासलाई अघि बढाउँदै सँगसँगै अझ सुमधुर शाङहाई सहयोग संगठन परिवारको स्थापना गर्दै जान चीन इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

 

शाङहाई सहयोग संगठन महिला मञ्च ११ तारिख शान तोङ प्रान्तको छिङ ताउ शहरमा आयोजना गरिएको छ।