साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मदको निमन्त्रणामा चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले सेप्टेम्बर १० तारिख अपराह्न चीन-साउदी उच्चस्तरीय संयुक्त आयोगको चौथो सम्मेलनमा सहभागी हुन तथा औपचारिक रुपमा साउदी अरेबियाको भ्रमण गर्नका लागि विशेष विमानद्वारा बेइजिङबाट साउदी अरेबियाको रियादको लागि प्रस्थान गर्नुभएको छ।
स्थानीय समय अनुसार १० तारिखको राती प्रधानमन्त्री ली छ्याङको विशेष विमान रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
सो सम्मेलनमा सहभागी हुँदै ली छ्याङले औँल्याउनुभयो, चीन र साउदी अरेबिया बीचको परम्परागत मित्रता गहिरो रहेको छ, दुई देश बीचको सम्बन्ध स्थापना भएको ३४ वर्षअघिदेखि दुई पक्षको संयुक्त प्रयासमा चीन-साउदी सम्बन्धले भव्य विकास गरेको छ र व्यावहारिक सहकार्यहरूबाट फलदायक नतिजाहरू प्राप्त गरेको छ
ली छ्याङले व्यक्त गर्नुभयो कि सो भ्रमणद्वारा दुई पक्षले रणनीतिक सहकार्यको विकास सुदृढ पार्ने, विभिन्न क्षेत्रहरूमा पारस्परिक लाभ भएका सहयोगहरू विस्तृत् गर्ने, दुई देशका जनताबीचको मित्रताको आधार सुदृढ गर्ने, दुई देशबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन प्रवर्द्ध गर्ने तथा चीन- खाडी सहयोग परिषद्का देशहरूबीचको सम्बन्ध र चीन- अरेबीया देशहरूको सम्बन्धको विकासलाई अघि बढाउने अपेक्षा छ।