तिब्बती आलीको विशेषतायुक्त पोशाक र नृत्य
2024-09-11 17:09:54CRI
Share with:
सेप्टेम्बर ९ तारिख तिब्बती आली क्षीय फुलान जिल्लामा स्थानीय गाउँलेहरूले फुलान पोशाक लगाएर स्युआन वु नामक नृत्य गरेका छन्।
प्राप्त जानकारीअनुसार, फुलान पोशाकको इतिहास 1,000 वर्ष भन्दा बढीको पुगेको छ। त्यसमा सबैभन्दा उत्तम र अद्वितीय महिलाको "मयूर" पोशाक हो। यो पोशाकको एक सेट 20 किलोग्राम भन्दा बढी छ। त्यसमा सुन, चाँदी, मोम, कोरल आदिले सजाइएकाले "लगाउने हजार वर्षको इतिहास" मानिएको छ।
स्युआन वु नामक नृत्य आली क्षेत्रमा विशेषतायुक्त परम्परागत लोक कला हो। यो कला बोल्ने, गाउने र नाच्ने संयोजन गर्दछ। यी दुवै चीनका राष्ट्रिय गैरभौतिक सांस्कृतिक सम्पदा हुन्। फुलान पोशाक लगाएर नाचगान स्थानीय समारोहमा सबैभन्दा महत्त्वपूर्ण प्रदर्शनहरूमध्ये एक हो।