चीन-अफ्रिका सहयोगको महत्त्वपूर्ण आधारशिलाका रूपमा रहेको आर्थिक र व्यापारिक क्षेत्रको सहयोगलाई कसरी प्रगाढ बनाउने भन्नेतर्फ दुवै पक्षका उद्यमीहरूको ध्यानाकर्षण भएको छ। उनीहरूले शिखर सम्मेलनमा प्रस्तावित व्यावहारिक सहयोगका लागि नयाँ उपायहरूबाट नयाँ अवसरहरू खोजिरहेका छन्।
सेप्टेम्बर ६ तारिख पैचिङमा आठौँ चीन-अफ्रिका उद्यमी सम्मेलन सम्पन्न भयो। यो सम्मेलन शिखर सम्मेलनको गतिविधिको एक महत्वपूर्ण शृङ्खला हो। चिनियाँ व्यापारिक प्रतिनिधिहरुका अतिरिक्त सेनेगल,दक्षिण अफ्रिका र केन्या लगायत ४८ अफ्रिकी देशका धेरै उद्योगहरुलाई समेट्ने व्यापारिक प्रतिनिधिहरु पनि उपस्थिति रहेका थिए। चिनियाँ र अफ्रिकी उद्यमीहरूले गहन आदान-प्रदान गर्दै सहयोगलाई गहिरो बनाउने नयाँ दिशाहरूबारे छलफल गरेका छन्।
चीन र अफ्रिकाबीचको आर्थिक तथा व्यापारिक सहयोगसँग बलियो आधार रहेको छ विशेष गरी वितेका दश वर्षयता यी दुवै पक्षबीचका “दश ठूला सहयोग योजना”,“आठ ठूला गतिविधि”,“नौ परियोजना” को निर्देशनमा चीन र अफ्रिकाबीचको आर्थिक तथा व्यापारिक सहयोग तीव्र गतिमा विकसित भैरहेको देखिन्छ। चीनले लगातार १५ वर्षयता अफ्रिकाको पहिलो ठूलो व्यापारिक साझेदारी मुलुकको स्थान कायम राखेको छ। सन् २०२३ मा चीन अफ्रिका व्यापारिक रकम सन् २०१३ को तुलनामा ३५ प्रतिशतले बढेको छ। सन् २०१३ यता चीनले अफ्रिकामा ६,००० भन्दा बढी किलोमिटरको रेलमार्ग,त्यसै गरी, ६,००० भन्दा बढी किलोमिटरको राजमार्गको निर्माणमा भाग लिएको छ। श्रृँखलाबद्ध ई-वाणिज्य,मोबाइल सञ्चार आदी चिनियाँ वैज्ञानिक प्राविधिक व्यवसायहरु अफ्रिकामा प्रवेश गरेका छन्।
चीन-अफ्रिका सहयोग मञ्चको यस शिखर सम्मेलनमा चीनले आगामी तीन वर्षमा अफ्रिकासँग संयुक्त रूपमा आधुनिकीकरणको प्रवर्द्धन गर्न दशवटा साझेदारी कार्यहरू गर्ने इच्छासहित प्रस्ताव गरेको छ। नयाँ सुरुवात बिन्दुमा उभिएर, चिनियाँ र अफ्रिकी उद्यमीहरूले थप सहयोगका अवसरहरू सिर्जना गर्नेछन्।
यी अवसरहरू औद्योगिक श्रृँखला र आपूर्ति श्रृँखला थप एकीकृत भएबाट आएको हो भने यो पनि आर्थिक तथा व्यापारिक सहयोगको आधार हो। चीन संसारमा सबैभन्दा पूर्ण औद्योगिक श्रृँखला रहेको विकासोन्मुख ठूलो मुलुक हो अनि अफ्रिका विश्वमा विकासोन्मुख मुलुकहरुको ठूलो समूह भएको महाद्वीप हो। यी दुवै पक्षहरु औद्योगिक श्रृँखला र आपूर्ति श्रृँखला क्षेत्रमा अत्याधिक पूरक रहेको छ। हातमा हात मिलाएर आधुनिकीकरणतर्फ अग्रसर हुने क्रममा चीनले अफ्रिकालाई प्रविधि र औद्योगिक श्रृँखला सहयोग प्रदान गर्नसक्छ। साथै अफ्रिकी उत्पादन बस्तुले चीनको आपूर्ति श्रृँखलामा प्रवेश गरेर अझ बढी विकास अवसर पाउनसक्छ।
अवसर उच्च सङ्गत सहयोग विचारधाराबाट पनि आएको हो। आठौँ चीन-अफ्रिका उद्यमी सम्मेलनमा उद्यमीहरुले खुला सहयोगको बलियो इच्छा व्यक्त गरेका छन्। संरक्षणवाद बढ्दै गएको वर्तमान अवस्थामा यस इच्छासँग महत्वपूर्ण अर्थ रहेको छ र यसले विश्वका लागि पारस्परिक हित तथा साझा फाइदाको सकारात्मक शक्ति सिर्जना गर्दछ। ध्यानाकर्षित बिन्दू भनेको चीनले एकपक्षीय रुपमा बजारको खुलापनको विस्तार गर्दै ३३ अफ्रिकी राष्ट्रहरुलगायत चीनसँग दौत्य सम्बन्ध स्थापना भएका सबै अविकसित राष्ट्रहरुलाई १००% कर उत्पादन बस्तुमा शून्य ट्यारिफ प्रदान गर्ने निर्णय गरेको छ साथै आर्थिक साझेदारी सम्बन्धको सँयुक्त विकास गर्ने सम्झौताको हस्ताक्षरलाई तीव्र बनाउने छ। जसले चिनियाँ ठूला बजार अफ्रिकाका लागि ठूलो अवसर बनाउन प्रवर्द्धन गर्दै खुला विश्व अर्थतन्त्रको निर्माणलाई अघि बढाउने छ।
उस्तै बाटोमा हिँड्दै गएका व्यक्तिहरु सच्चा मित्रहरु हुन्। चीन र अफ्रिकाबीचको आर्थिक तथा व्यापारिक सहयोग यस्तो ‘केक’लाई विस्तार गरेबाट यी दुवै पक्षका जनता मात्र नभई विश्वको समृद्धिका लागि हितकर हुने छ।