दुईटा शहरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निरीक्षण
2024-09-12 14:53:39CRI
Share with:

१० तारिख अपरान्हदेखि ११ तारिख बिहानसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तको पाउची शहरमा र कानसु प्रान्तको थ्यानश्वे शहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

पाउची शहरमा, राष्ट्राध्यक्ष सी चिनफिङले स्थानीय सांस्कृतिक अवशेषहरूको संरक्षणको अवस्था तथा वै नदीको पारिस्थितिक संरक्षणको अवस्थाबारे जानकारी लिनुका साथै पाउचीमा अवस्थित काँस्य सङ्ग्रहालय र वै नदीको पारिस्थितिक पार्कको निरीक्षण गर्नुभएको छ।

थ्यानश्वे शहरमा, उहाँले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र उत्तराधिकारीको प्रवर्द्धनको प्रयास तथा पहाडी फलफूलको विशेष आधुनिक उद्योगको विकास लगायतको अवस्थाबारे जानकारी लिनुका साथै फूसी मन्दिर, माइची क्षेत्रको नानशान हुआ न्यू स्याउ रोपण आधार र माइची गुफाको निरीक्षण गर्नुभएको छ।