चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शुरू
2024-09-12 15:43:33CRI
Share with:

 

सन् २०२४ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर १२ देखि पैचिङमा शुरू भएको छ। यो मेला सेवा व्यापारको क्षेत्रमा विश्वकै पहिलो र हालसम्मको सबैभन्दा ठूलो प्रदर्शनी पनि हो। यो मेलाको आयोजना भएयता १९७ वटा देश र क्षेत्रहरूबाट आएका ९ लाख भन्दा बढी प्रदर्शकहरू तथा ८०० भन्दा बढी विदेशी व्यापार संघ र विभिन्न संस्थाहरू सहभागी भएका छन्। यो मेला १६ तारिख सम्पन्न हुने छ।

 

यस वर्षको चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको नारा‘वैश्विक सेवा, साझा समृद्धि’रहेको छ। हालसम्म, जम्मा गरी ८३ वटा देश र अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो प्रदर्शनी हल स्थापना गरी मेलामा भाग लिएका छन्। जसमध्ये १३ वटा देश र अन्तर्राष्ट्रिय संस्थाहरूले पहिलो पटक स्वतन्त्ररूपमा प्रदर्शनी हलको स्थापना गरेका छन्। ४२० वटा भन्दा बढी फर्च्युन ५०० कम्पनी र उद्योगका अग्रणी कम्पनीहरूले अफलाइनको माध्यमबाट पनि मेलामा सहभागी भएका छन्।