तिब्बतमा क्विनोआको खेतीबाट ५ करोड युआन आय
2024-09-12 20:09:35CRI
Share with:
चिनियाँ तिब्बत स्वायत्त प्रदेशको सिगात्सेको साज्ञा जिल्लामा सन् २०२४ मा चेनोपोडियम क्विनोआको रोपनबाट आर्थिक मूल्य ५ करोड युआन पुग्ने भएको छ। यसबाट किसानको आम्दानी प्रत्यक्ष रूपमा ९० लाख युआन वृद्धि हुने अनुमान गरिएको छ।
क्विनोआ दक्षिण अमेरिकाको एन्डिज पर्वतको साल्ट लेक क्षेत्रमा उत्पत्ति भएको हो र प्राकृतिक रूपमा पठारभूमिको वातावरणमा अनुकूल छ। यो समृद्ध पोषण र उच्च बजार मूल्यको खाद्य बाली हो। सन् २०२३ देखि शाङहाइ सहायता टोली र चिनियाँ विज्ञान प्रतिष्ठानको प्रयासमा साज्ञा जिल्लाले क्विनोआ रोपण सुरू गरेको हो। हाल यो खेतीको क्षेत्रफल ६०० हेक्टरभन्दा बढी पुगेको छ।