सन् २०२४ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा ८० भन्दा बढी मुलुक र संगठनको सहभागिता
2024-09-13 15:35:03CRI
Share with:

सन् २०२४ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला हाल पैचिङमा जारी छ। सेप्टेम्बर १६ तारिखसम्म चल्ने सो मेलामा ८० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठन सहभागी हुनुका साथै ‘फर्च्यून ५००’ भित्रका ४५० वटाभन्दा बढी तथा अन्य अग्र व्यवसायहरूको पनि सहभागिता रहेको छ। फ्रान्स, पोर्चुगल र नाइजेरिया लगायतका १३ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले पहिलोपल्ट अफलाईनमा आफ्नो प्रदर्शनी स्टल खडा गर्दै विश्वसमक्ष आ-आफ्नो उत्कृष्ट व्यवसाय र पछिल्ला मालसामानहरूको प्रचार-प्रसार गरेका छन्।

मङ्गोलियाका लुगाफाटा, पेरूका कार्टुन र बुल्गेरियाका तेल आदि सामानहरू यस मेलामा ज्यादै आकर्षित देखिन्छन्। अघिल्ला मेलामार्फत अधिकांश विदेशी व्यवसायीहरूले चीनका केही व्यवसायीसँग सहकार्य सम्बन्ध स्थापना गरेका छन्।