चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १० तारिखदेखि १३ सम्म कान्सु प्रान्तका थ्यानश्वी र लान्चौ आदि क्षेत्रको निरीक्षण गर्नुभएको छ।
उहाँका अनुसार, कान्सु प्रान्तले पश्चिमी भागको ठूलो विकास, पहेँलो नदी वरिपरि क्षेत्रको पर्यावरणीय संरक्षण तथा उच्च गुणस्तरीय विकास गर्ने निर्णयलाई व्यवहारमा उतारेर नयाँ विकास विचारको पूर्ण, उचित तथा चौतर्फी रूपमा कार्यान्वयन गर्दै पर्यावरणको संरक्षण तथा मर्मत र हरित तथा कम कार्बन उत्सर्जन र विकासलाई सबल पार्नुका साथै सुधार तथा खुलापनलाई गहन पार्ने, ग्रामीण क्षेत्रको पुनरुत्थान गर्ने, जनजीवनको प्रत्याभूति गर्ने र जातीय एकताको प्रवर्द्धन गर्ने क्षेत्रमा प्रयास गरी सुखी र सुन्दर नयाँ कान्सुको निर्माण गर्नुपर्छ।