यो सिचाङ स्वायत्त प्रदेशको आली प्रिफेक्चरको छो छिन भन्ने ठाउँ हो। यहाँको बैजनी काश्मिरी बाख्रा निकै प्रसिद्ध छ साथै सम्बन्धित् उद्योग पनि प्रसिद्ध छ। यहाँको बैजनी काश्मिरी बाख्राको रौँ चिल्लोयुक्त, लचिलो साथै प्रदूषणमुक्त भएबाट यसको प्रयोग काश्मिरी स्वेटर तथा अन्य कपडाहरू बनाउन प्रयोग गरिन्छ। यसको गुणस्तर धेरै उच्च छ र धेरै लोकप्रिय छ।
यसबाहेक, हरेक वर्षको अगस्टमा, सबैभन्दा सुन्दर बोका छान्नका लागि प्रतियोगिताको समेत आयोजना गरिन्छ। आकार, भुवा, सिङ र अन्य मापदण्डहरूबाट प्रतिस्पर्धा गरिन्छ।
हालैका वर्षहरूमा,यहाँको बैजनी काश्मिरी बाख्राहरूको औद्योगिकीकरणको विकासबाट स्थानीय गोठालाहरूसमक्ष वास्तविक आर्थिक लाभ ल्याइएको छ। यस्ता बाख्रा पाल्ने उत्साह बढ्दै गएकोले संख्या पनि धेरै बढेको छ, त्यसैले सबैभन्दा सुन्दर बोका निश्चित् गर्न सजिलो पनि छैन।
अनि, सबैभन्दा सुन्दर बैजनी बोका कस्तो देखिन्छ? यो भिडियोमा शान्तिसँग हेर्नुस्।