चीनका राष्ट्राध्यक्षबाट ३०, ३१ र ३२औँ राष्ट्राध्य आदेशमा हस्ताक्षर
2024-09-14 16:38:41CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १३ तारिख ३०, ३१ र ३२ औँ राष्ट्राध्य आदेशमा हस्ताक्षर गर्नुभएको छ।

३०औँ राष्ट्राध्य आदेश अनुसार, “जन गणतन्त्र चीनको राष्ट्रिय रक्षासम्बन्धी शिक्षा कानुन” १४ औं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको ११ औँ बैठकबाट सेप्टेम्बर १३ तारिख पारित भएको छ र सेप्टेम्बर २१ तारिखदेखि कार्यान्वयन हुनेछ।

३१ औँ राष्ट्राध्य आदेश अनुसार, “जन गणतन्त्र चीनको तथ्याङ्क कानुनको संशोधनसम्बन्धी राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको निर्णय” सेप्टेम्बर १३ तारिख पारीत गरेर सोही दिनदेखि कार्यान्वयन भएको छ। 

३२औं राष्ट्राध्य आदेश अनुसार, जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाउनका लागि १४ औँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको ११औँ बैठकको निर्णयअनुसार नयाँ चीनको निर्माण र विकासमा उत्कृष्ट योगदान दिएका मेधावी र अनुकरणीय व्यक्तिहरूलाई राष्ट्रिय पदक र राष्ट्रिय मानपदवी दिएको छ।