सीएमजीद्वारा नर्वेका प्रधानमन्त्रीसँग विशेष अन्तर्वार्ता
2024-09-14 17:38:03CRI
Share with:

हाल नर्वेका प्रधानमन्त्री जोनस गाह्र स्टोरले चीनको भ्रमण गर्नुभयो। पैचिङबाट शाङहाइसम्म उच्च गतिले रेलमा यात्रारत रहँदा उहाँले चाइना मिडिया ग्रुपसँग विशेष अन्तर्वाता दिनुभएको छ।

चीनमा पहिलोपटक उच्च गतिले रेलमा यात्रा गर्ने अनुभवबारे उहाँले भन्नुभयो-

यो निकै विशेष अवस्था लाग्छ। उच्च गतिको रेलद्वारा पैचिङबाट शाङहाइसम्म जाँदा मैले विशेष अनुभव लिएको छु। उच्च गतिको रेलमा कार्य गर्न, पढ्न, सुत्न वा आनन्द लिन सकिन्छ। उच्च गतिको रेलको तिव्र गतिले गहिरो छाप पर्नुका साथै मलाई चीनको महत्वपूर्ण विकास क्षेत्र हेर्ने अवसर पनि दिएको छ।

जनसंख्या बढी भएको क्षेत्रमा रेल यातायातको विकास गर्नु धेरै बुद्धिमानी छनौट हो भन्ने मूल्याकन उहाँले गर्नुभएको छ।

विशेष अन्तर्वार्तामा उहाँले नर्वे र चीनको सम्बन्ध र चीनको भ्रमण आदि विषयबारे विचार व्यक्त गर्नुभएको छ।