सेप्टेम्बर ११ तारिखदेखि १३ तारिखसम्म दक्षिण चीन सागरसम्बन्धी चीन र फिलिपिन्सको द्विपक्षीय छलफल संयन्त्रका प्रतिनिधिमण्डलका प्रमुखहरूको वार्ता, एघारौं पैचिङ श्याङ शान मञ्च, चीन र आशियानले “दक्षिण चीन सागरसम्बन्धी विभिन्न पक्षको कारवाही घोषणा पत्र”लाई व्यवहारमा उतार्ने २२औं उच्च अधिकारीहरूको सम्मेलन आयोजना भएका छन्। तीनवटा सम्मेलन दक्षिण चीन सागरसित सम्बन्धित र एक समान सूचना प्रकट गरिएको छ। वार्तामार्फत विवादको समाधान गर्नु र दक्षिण चीन सागरको परिस्थितिको सुरक्षाको संरक्षण गर्नु क्षेत्रीय साझा प्रतीक्षा हो र क्षेत्रीय हितसित अनुकूल छ।
पैचिङ श्याङ शान मञ्चमा चीनले अडान प्रकट गर्दै वार्तामार्फत विवादको समाधान गर्ने र दक्षिण चीन सागरको केन्द्रीय हित समस्यामा कुनै पनि सम्झौता गर्दैन भन्ने अडान प्रस्तुत गरेको छ। दक्षिण चीन सागरलाई शान्तिपूर्ण, मैत्रीपूर्ण र सहयोगात्मक सागरका रुपमा निर्माण गर्नु क्षेत्रीय मुलुकहरूको साझा इच्छा हो। चीनले यो लक्ष्यका लागि निरन्तर रुपम प्रयास गर्ने छ।