स्थानीय समयअनुसार सेप्टेम्बर १४ तारिख “म र चीनको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औं वार्षिकोत्सव मनाउन जर्मनीको बर्लिनमा विशेष कार्यक्रम सुरू भएको छ। यो कार्यक्रम चाइना मिडिया ग्रुप, जर्मनीका लागि चिनियाँ दूताबास र चिनियाँ शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ तथा विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्रबाट संयुक्त रूपमा आयोजित भएको हो। चिनियाँ केन्द्रीय समितिको प्रचार मन्त्रालयका उपमन्त्री एवम् सीएमजीका महानिर्देशक शन हाइस्योङले भिडियोबाट सम्बोधन गर्नुभयो। जर्मनीका लागि चिनियाँ राजदूत, चिनियाँ शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ तथा विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्रका उपप्रमुख, जर्मनी-चीन मित्रता संघका उपाध्यक्षलगायत लगभग २०० अतिथिहरू उक्त कार्यक्रममा सहभागी भएका छन्।
“म र चीनको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रमा विशेष कार्यक्रम सुरू भएको हो। सीएमजीका महानिर्देशक शन हाइस्योङका अनुसार, जन गणतन्त्र चीन स्थापना भएको ७५औं वार्षिकोत्सवका उपलक्ष्यमा सीएमजीले “म र चीनको कथा” शीर्षकमा विश्वव्यापी भावना सङ्कलन कार्यक्रम सुरू गरेको छ। ६० भन्दा बढी देशका साथीहरूका करिब १६०० कथाहरू संकलन भएको छ। विभिन्न शब्दले समान भावना व्यक्त गरेका छन्। जसले विभिन्न देशका जनताले शान्ति तथा सुन्दरताको गहिरो तृष्णा प्रतिनिधित्व गरेको छ।
प्राप्त जानकारीअनुसार, “म र चीनको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५औं वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रिय स्तरमा विशेष कार्यक्रम अमेरिका, क्यानाडा, रूस, अष्ट्रेलिया, साउदी अरब, मेक्सिको, नाइजेरिया आदिमा आयोजना हुनेछ।