अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले हालै चीनमा थप भन्सार लगाउने अन्तिम कदमका बारेमा घोषणा गरेपछि अमेरिकी औद्योगिक क्षेत्र र अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। यस्तो एकपक्षीय र संरक्षणवादी गतिबिधि दुई देशका नेताहरू बीचको सहमतिको विपरीत छ, जसबाट अमेरिकाको बेमेल र असत्यताको स्पष्ट संकेत देखिएको छ।
अमेरिकी पक्षको भन्सारको राजनीति पछाडिको अर्थ धेरै स्पष्ट रहेको विश्लेषकहरूले ठहर गरेका छन् । भन्सार युद्धले समस्या समाधान गर्दैन, र अमेरिकाले पनि क्षति बेहोर्ने छ। अमेरिका चिनियाँ उद्योग र सम्बन्धित क्षेत्रलाई नष्ट बनाउन चाहन्छ, तर यो प्रयास कहिल्यै पनि सफल भएको छैन। बरु यसले आफूलाई थप रूपमा भित्री र बाहिरी दुबै दृष्टिमा हानि पुर्याउनेछ। अमेरिकी पक्षले तुरुन्तै गलत व्यवहारलाई सुधार्नुपर्छ र चीनमाथि लगाइएका सबै अतिरिक्त भन्सार हटाउनुपर्छ। चिनियाँ उद्योगका हितहरूलाई दृढतापूर्वक संरक्षण गर्न चीनले आवश्यक कदम चाल्ने छ। चीनको विकास र प्रगति कुनै पनि शक्तिले कहिल्यै रोक्न सक्दैन।