नेपाली पत्रकारहरुको टोलीद्वारा चीनको छिङहाई प्रान्तको अवलोकन भ्रमण
2024-09-16 17:56:15cri
Share with:

नेपालको छिमेकी मित्रराष्ट्र चीनको सर्वाङ्गीण विकासमा स्वच्छ र हरित ऊर्जाले पनि मुख्य स्थान लिन थालेको छ। चीनको पश्चिमी प्रान्त छिङहाईको राजधानी सिनिङ र हाइतोङ शहरमा स्वच्छ र हरित ऊर्जाको व्यापक प्रयोगले वातावरणमा सकारात्मक योगदान पुर्याएको बताइन्छ। 

उक्त प्रान्त भ्रमण गर्दै रहेको नेपाली लेखक तथा पत्रकारहरुको टोलीले सम्बन्धित उद्योगको स्थलगत अवलोकन गरेको जनआस्था अनलाइनले लेखेको छ।

टोलीले छिङहाई स्वच्छ ऊर्जा र हरित ऊर्जा उद्योगको अवलोकन भ्रमण गरेको छ। ती उद्योगबाट राजधानी सिनिङमा भएको स्वच्छ ऊर्जाको वितरणसम्वन्धी समग्र जानकारी लिएको छ। विशेषगरी स्वच्छ ऊर्जाको स्रोत र यसको फाइदाबारे टोलीले विशेष अभिरुचि राखेको पाइएको छ।

टोलीले हाइतोङ शहर, होङ्ग्नान नयाँ क्षेत्र छिङस्यु डिजिटल आर्थिक मुख्यालय भ्रमणको क्रममा महिला रोजगारीबारे पनि चासो लिएको छ। छिङहाई कृषि,वनजंगल र पशुपालन उत्पादन एवम् व्यापार केन्द्रले हरित अर्गानिक कृषि तथा पशुपन्छी उत्पादनमा दिएको महत्वले पनि नेपाली टोलीको ध्यानाकर्षण गराएको छ।