अवैध रूपमा चीनको सबिना शोअलमा रोकिएको फिलिपिन्सको पानी जहाज फिर्ता
2024-09-16 17:54:49cri
Share with:

गत अप्रिल १७ तारिखयता फिलिपिन्सको समुद्री प्रहरीको ९७०१ नम्बर पानी जहाजले अवैध रूपमा चीनको सबिना शोअलमा लगभग ५ महिनासम्म बस्दै आएको छ। फिलिपिन्सको यस कार्यले गम्भीर रूपमा चीनको भूखण्डको सार्वभौमिकताको उल्लङ्घन गर्नुका साथै दक्षिण चीन सागरका विभिन्न पक्षको गतिबिधि घोषणा-पत्र विपरीत भएको र गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थिरतालाई ध्वस्त पारेको छ।

चीनको समुद्री प्रहरी ब्युरोका प्रेस प्रवक्ता लिउ द च्युनका अनुसार, सेप्टेम्बर १४ तारिख दिउँसो २ बजेतिर फिलिपिन्सको समुद्री प्रहरीको ९७०१ नम्बर पानी जहाजले चीनको सबिना शोअलबाट फिर्ता गरेको थियो। चीनले फिलिपिन्सलाई पुन:एकपल्ट के ताकिता गरेको छ भने सबिना शोअल लगायतका नान शा टापुहरू र त्यस वरपरका समुद्री क्षेत्रहरूमा चीनको निर्विवाद सार्वभौमिकता रहेको छ। आगामी दिनहरूमा चिनियाँ समुद्री प्रहरीले कानुन बमोजिम निरन्तर रूपमा चीनको अधिनमा रहेका समुद्री क्षेत्रमा कानुनी कारवाई चलाउनुका साथै दृढताका साथ देशको भूखण्डको सार्वभौमिकता र सामुद्रिक हक-अधिकारको संरक्षण गर्दै जानेछ।