कोसोभो समस्यामा चीनद्वारा सर्बियाको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको संरक्षण
2024-09-16 19:47:00cri
Share with:
कोसोभो समस्याका सन्दर्भमा चीनले विगतमा झैँ सर्बियाको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको संरक्षण गर्नुका साथै कोसोभो क्षेत्रमा बसोबास सर्बिया जातिको सुरक्षा र उचित हक-अधिकारलाई प्रत्याभुति दिलाउनुपर्ने ठहर गरेको छ। एकपक्षीय कारवाही समस्याको समाधान गर्न सक्दैन। बरू त्यसले क्षेत्रीय सुरक्षा र स्थिरतालाई नकारात्मक प्रभाव पार्नेछ। सम्बद्ध पक्षहरूले निरन्तर रूपमा वास्तविक र रचनात्मक संवार्ता गर्दै सक्रियता साथ कोसोभो समस्याको समाधान गरिने दीर्घकालीन उपाय खोज्दै जाने चीनको आशा रहेको छ।
सप्टेम्बर १६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले कोसोभो समस्याबारे पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै उक्त उत्तर दिएका हुन्।