उज्वेकिस्तानी राष्ट्रपति र जर्मनीका चान्स्लर बीच भेट-वार्ता
2024-09-16 17:53:35cri
Share with:
उज्वेकिस्तानका राष्ट्रपति शाउकट मिर्जियोयेभले सेप्टेम्बर १५ तारिख त्यहाँको भ्रमणमा रहनुभएका जर्मनीका चान्स्लर ओलाफ स्गोल्जसँग सामार्कान्ड शहरमा भेट-वार्ता गर्नुभएको छ।
उज्वेकिस्तानी राष्ट्रपतिको वेभसाइटले १५ तारिख सार्वजनिक गरेको एउटा बक्तव्य अनुसार, गत आर्थिक वर्ष उज्वेकिस्तान र जर्मनी बीचको द्वीपक्षीय व्यापारिक रकम १ अर्ब युरोभन्दा बढी पुगेको छ। भविष्यमा दुवै देशले औद्योगिक प्राविधिक साझेदारी सम्बन्धको रणनीतिक परियोजनाको कार्यान्वयन गर्ने छन्। त्यस परियोजनामा हरित उर्जा-स्रोत, रासायनिक उद्योग, आधारभुत प्रबन्ध र टेक्स्टाइन व्यवसाय लगायतका विविध क्षेत्रका विषयहरू समेटिएका छन्।