विभिन्न स्थानद्वारा रङगीचङगी तरिकामार्फत मध्य शरद् पर्व मनाइँदै
2024-09-17 17:48:32cri
Share with:

सेप्टेम्बर १६ तारिख मध्य शरद् पर्व बिदाको दोस्रो दिन हो। देशभरको रेलमार्गले १ करोड १८ लाख यात्रुहरूलाई ओसार-पसार गर्नुका साथै पूरै देशका एक्स्प्रेस मार्गमा आवत-जावत मोटर-गाडीको संख्या ३ करोड ३० लाखबाट ३ करोड ४० लाखसम्म पुग्ने अनुमान छ।

पर्वको बिदामा विभिन्न स्थानले विविध रोचक गतिविधि प्रस्तुत गर्दै रमाइलोसाथ मध्य शरद् पर्वलाई मनाउँदै छन्। ल्याउ निङ प्रान्तको चिन चौ शहर अवस्थित कु था पार्कले आधुनिक तरिकामार्फत किरण र मध्य शरद् पर्वका विशेषतायुक्त तत्वहरूलाई जोडेर पर्यटकहरूसमक्ष मध्य शरद् पर्वको मनोरञ्जनात्मक रात्रि-यात्राको विशेष अनुभव सिर्जना गरेको छ।

युन नान प्रान्तको फु अ प्राचीन शहरमा चारै दिशाबाट आएका पर्यटकहरूले बिशाल राँको वरिपरि हातमा हात मिलाउँदै जातीय नाचगान गरिरहेका छन्।

क्वाङ तुङ प्रान्तको ह युआन प्राचीन गाउँमा तत्स्थानको परम्परागत ड्रयागन नाचबाट सुखमय जीवनप्रति मानिसहरूको अभिलाषा अभिव्यक्त गरिएको छ।

ह नान प्रान्तको चङ चौ शहरमा १ सयभन्दा बढी किसिमका मीठा खानेकुरा र कुशल हस्तकला सहितको रमाइलो मेलाको आयोजना गरिँदैछ।