संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी उप-प्रतिनिधि कङ श्वाङले सेप्टेम्बर १६ तारिख सुरक्षा परिषदको प्यालेष्टाइन-इजरायल समस्या विषयक सार्वजनिक बैठकलाई सम्बोधन गर्दै अमेरिकालाई जिम्मेवार धारणा लिएर इजरायललाई सुरक्षा परिषदको निर्णयहरू कार्यान्वयन गर्न वास्तविक कदम चाल्न र पीडित प्यालेष्टिनी जनताका लागि बाँच्ने आधारका लागि सैन्य क्रियाकलाप तुरुन्त रोक्न ताकिता लगाउनुभएको छ।
कङ श्वाङले इजरायललाई अन्तर्राष्ट्रिय मानवतावादी कानुनका दायित्वहरू पूरा गर्न र संयुक्त राष्ट्र संघ लगायतका मानवतावादी संस्थाहरूको विरुद्धमा भएका आक्रमण तथा दमन रोक्न र मानवतावादी संस्थाहरूलाई सहयोग गर्नका लागि सुरक्षा र सुविधा प्रदान गर्न चीनले फेरि आह्वान गरेको स्पष्ट पार्नुभयो।
कङ श्वाङले युद्ध विराम चाँडो गर्न, मानवतावादी संकटलाई खुकुलो पार्न र क्षेत्रीय शान्ति स्थापित गर्नका लागि सुरक्षा परिषदले थप कदम चाल्नुपर्ने र त्यसमा चीनले समर्थन गर्नु कुरामा जोड दिनुभयो।