सेप्टेम्बर १६ तारिख इरानी राष्ट्रपति मसुद पेजेस्कीयानले राजधानी तेहरानमा राष्ट्रपतिको पद सम्हालेपछि आयोजित पहिलो पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। चाइना मिडिया ग्रुपका सम्वाददाताको प्रश्नको जवाफ दिँदै उहाँले निरन्तर रूपमा चीनसँग द्वीपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई सबल पार्दै जान इरान इच्छुक रहेको बताउनुभयो।
उहाँका अनुसार, इरानले लामो समययता चीनसित राम्रो सम्बन्धलाई कायम राख्दै आएको छ। इरान चीनका लागि सम्पूर्ण रणनीतिक साझेदारी भएकाले इरान-चीन सहकार्य अझ बढ्दै जान सक्ने आशा पनि उहाँले प्रकट गर्नुभएको छ।
आपसी हितयुक्त र साझा जीत हुने लक्ष्यलाई साकार तुल्याउनका लागि बहुपक्षीयवादी प्रारूपमा चीन लगायतका अन्य मैत्रीपूर्ण मुलुकसँगको सहकार्यलाई मजबुत पार्दै जान इरान इच्छुक रहेको कुरामा उहाँले जोड दिनुभएको छ।