चिनियाँ अन्तरिक्ष यात्रीहरूद्वारा विशेष आश्चर्य प्रस्तुत
2024-09-17 18:56:30cri
Share with:
स्थानीय समय सेप्टेम्बर १४ तारिख चाइना मिडिया ग्रुप, जर्मनीका लागि चिनियाँ राजदूतावास र चीनको शिक्षा मन्त्रालयको विदेशी भाषा सहयोग केन्द्रले संयुक्त रूपमा आयोजना गरेको "आकाशमा सन्देश: म र चीनको कथा" शीर्षकमा जनगणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सवका उपलक्ष्यमा विशेष कार्यक्रम बर्लिनमा सफलतापूर्वक सम्पन्न भएको छ। शन चौ १८ औँ मानवसहित उडानको कार्यमा संलग्न तीन जना चिनियाँ अन्तरिक्ष यात्रीहरूले विशेष रूपमा चीनको अन्तरिक्ष स्टेशनबाट भिडियो रेकर्ड गरेर जर्मन विद्यार्थीहरूलाई स्वागत गर्नुभएको छ।
चीनका ती तीन अन्तरिक्ष यात्रीले जर्मन विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै तिनीहरूलाई चीनको अन्तरिक्ष स्टेशनको नजिकबाट भ्रमण गराउनुभयो।