सन् २०२४ को मध्य शरद पर्वको विदा अवधिमा चीनको सांस्कृतिक र पर्यटन बजार समग्र रुपमा स्थिर र व्यवस्थित देखिएको छ। संस्कृति र पर्यटन मन्त्रालयको तथ्याङ्क केन्द्रका अनुसार, देशभर १० करोड ७० लाख व्यक्तिले घरेलु यात्रा गरेका छन्, जुन सन् २०१९ को सोही अवधिको तुलनामा ६.३% ले वृद्धि भएको छ र घरेलु पर्यटकहरूको कुल खर्च ५१ अर्ब ४ करोड ७० लाख चिनियाँ युआन रहेको छ, जुन सन् २०१९ को सोही अवधिको तुलनामा ८% को वृद्धि भएको छ।
विभिन्न स्थानहरूमा दीप प्रकाश, अग्नि नाच, चन्द्रमा पूजासम्मका सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ, जसले पर्वको खुसीयाली वातावरण सिर्जना गर्दै मानिसहरूलाई परिवारभित्रको स्नेहको आनन्द लिइरहेको बेला परम्परागत संस्कृतिको आकर्षणको अनुभव पनि प्रदान गरेको छ।
तीन दिनको विदामा, छोटो दूरीको विश्राम यात्रा लोकप्रिय बनेको छ, आफ्नै गाडी र उच्च द्रुत रेल मुख्यतः यातायात माध्यम बनेका छन्। साथै रात्री सांस्कृतिक र पर्यटन गतिविधि उपभोक्ताको नयाँ आकर्षण बनेको छ।