चीनको राज्य परिषदको प्रेस कार्यालयले सेप्टेम्बर १८ तारिख बिहान १० बजे “उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने”विषयमा श्रृंखलाबद्ध समाचार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय खेलकुद व्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिले यस सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि चीनको खेलकुद क्षेत्र उच्च गुणस्तरीय विकासमा पुगेको तथा खेल उद्योग तीव्र रूपमा विकसित भएको र खेलको शक्तिशाली राष्ट्र निर्माणमा नयाँ प्रगति हासिल गरिएको व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार, सन् २०१२ देखि २०२३ सम्ममा चीनले कुल एक हजार दुई सय चौवालीसवटा विश्व च्याम्पियनशिप जितेको र एक सय एक्सट्ठीपटक विश्व रेकर्ड तोडेको छ। सार्वजनिक व्यायाम प्रणाली र नीति संरचनामा निरन्तर सुधारको साथमा जनस्तरमा खेलकुद गतिविधिहरू व्यापक रूपमा सञ्चालन भइरहेका छन्।