सीएमजीको मध्य शरद् पर्व साङ्गीतिक गाला धेरै अफ्रिकी मुलुकहरूमा प्रसारित
2024-09-18 19:03:00cri
Share with:

मध्य शरद् पर्वको राति चाइना मिडिया ग्रुपको सन् २०२४ मध्य शरद् पर्व साङ्गीतिक गालालाई परिवारजनको मिल्दोजुल्दो वातावरणमा प्रसारण गरिएको छ। हाल सो साङ्गीतिक गाला र त्यसको परिचयसहितको भिडियोलाई केन्या, तान्जानिया, दक्षिण अफ्रिका, इथियोपिया, सेनेगल, युगान्डा, मौरिशस, बोट्स्वाना, जाम्बिया, रूवाण्डा र अन्गोला आदि अफ्रिकी मुलुकका १,०४३ वटा पर्दामा पनि प्रदर्शन गरिएको छ।

 

उक्त साङ्गीतिक गालाको अवलोकन गरेका दर्शकहरूले के ठहर गरेका छन् भने मध्य शरद् पर्वले चिनियाँ जनताका लागि ज्यादै महत्त्वपूर्ण सांस्कृतिक अर्थ बोकेको छ। चाइना मिडिया ग्रुपको सो साङ्गीतिक गालाले भावपूर्ण र कलात्मक तरिकामार्फत दर्शकहरूले “विचार जोड कला जोड प्रविधि” भन्ने विशेषतायुक्त सांस्कृतिक वातावरणमा “संसारको एउटै क्षण” को अनुभव गर्नसकेका छन्।