परराष्ट्र मन्त्रालयद्वारा ९ वटा अमेरिकी रक्षा उद्योग कम्पनीहरूविरूद्ध प्रतिकारात्मक कदम चाल्ने घोषणा
2024-09-18 18:59:52cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर १८ तारिख "अमेरिकी रक्षा उद्योग कम्पनीहरूविरूद्ध प्रतिकारात्मक कदम उठाउने निर्णय" घोषणा गरेको छ। अमेरिकाले हालै फेरि पनि चीनको थाइवान क्षेत्रमा हतियार विक्री गर्ने घोषणा गरेको छ, जुन एक चीनको सिद्धान्त र चीन- अमेरिकाको तीनवटा संयुक्त विज्ञप्तिको गंभीर उल्लंघन हो, र यसले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्दै चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई गम्भीर रूपमा हानी पुर्याएको छ।

"जन गणतन्त्र चीनको विदेशी प्रतिबन्धको विरुद्धको कानून" अनुसार, चीनले ९ वटा अमेरिकी कम्पनीहरूविरुद्ध प्रतिकारात्मक कदम चाल्ने निर्णय गरेको छ।