सी-९१९ पहिलो पटक ल्हासामा
2024-09-19 15:33:48cri
Share with:

 

आज १९ तारिख चिनियाँ वाणिज्य कम्पनीको एक सी-९१९ विमान सछ्वानको छङ तुस्थित श्वाङ ल्यु अन्तर्राष्ट्रिय विमानस्थलबाट २ घण्टा ८ मिनेटपछि तिब्बतको ल्हासास्थित कुङ्का अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

 यो सी-९१९ विमान ल्हासा पुगेको पहिलो पटक हो। ब्रम्हपुत्र नदी उपत्यकामा पर्ने कुङ्का अन्तर्राष्ट्रिय विमानस्थलको उचाई ३ हजार ५ सय ६९ मिटर छ। यस वरिपरि क्षेत्रमा पहाडी चुचुरो धेरै र जलवायु वातावरण जटिल मानिन्छ।

 यस सी-९१९ विमानले ल्हासामा एभियोनिक्स,पावर एकाइ आदि केन्द्रीय पठार सञ्चालन सिस्टमको अनुसन्धान परीक्षण उडान गर्ने छ। जसले आउने दिनहरुमा पठार सञ्चालन लाइनको विकास गर्नका लागि आधार सिर्जना गर्ने छ।