भियतनामद्वारा चीन-लाओस रेलमार्ग परियोजनालाई तीव्रता
2024-09-19 15:32:17cri
Share with:

स्थानीय समयअनुसार सेप्टेम्बर १८ तारिख भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हले हस्ताक्षर सहित निर्णय गर्नुभएअनुसार भियतनामलाई चीन र लाओसबीचको रेलमार्ग लगानी परियोजनासँग जोड्न एक विशेष कार्य टोलीको स्थापना गरिनेछ।

यस कार्य टोलीको कार्यभार भनेको चीन र लाओसबीच रेलमार्ग परियोजनासँग जोड्ने काम सम्बन्धी अनुसन्धान,निर्देशन र परियोजना अध्ययन हो। साथै यस टोलीले सम्बन्धित समाधान उपाय र नीति प्रस्तुत गर्दै यस परियोजना सम्बन्धी बाधालाई हटाउने,स्रोतसाधनको व्यवस्थापन गर्ने छ।