विदेश मन्त्रालयद्वारा लेबनान विस्फोट घटनामा प्रतिक्रिया
2024-09-19 20:20:18cri
Share with:

सेप्टेम्बर १९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। एक पत्रकारले "लेबनानको हिज्बुल्लाको दूरसञ्चार उपकरणबट टाढाको उपकरणमार्फत विस्फोट गरिएको छ, लगभग ३० जनाको मृत्यु तथा सयौँ घाइते भएका कुराप्रति तपाईँ के प्रतिक्रिया दिन चाहनुहुन्छ?" भन्ने प्रश्न सोध्नुभएको थियो।

 

प्रवक्ता लिनले चीनले यस घटनामा उच्च चासो राख्दै लेबनानको सार्वभौमिकता र सुरक्षामाथि कुनै पनि आक्रमणको विरोध गर्नुका साथै यस घटनाले क्षेत्रीय तनाव बढाउन सक्ने सम्भावित परिणामको बारेमा चिन्ता व्यक्त गरेको बताउनुभयो। चीनले सम्बन्धित पक्षलाई मध्य पूर्वमा शान्ति र स्थिरताको रक्षा गर्न वास्तविक प्रयास गर्न आह्वान गरेको पनि प्रवक्ताले प्रकट गर्नुभयो।