सेप्टेम्बर १७ तारिख चाइना मिडिया ग्रुपद्वारा आयोजित “अनलाइन सुनौलो पत्र: म र चीन बीचको कथा”शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नाइजेरियाको अबुजामा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
चीनको केन्द्रिय प्रचार प्रसार मन्त्रालयका उप-मन्त्री, चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङले भिडियोमार्फत् शुभकामना सन्देश दिनुभएको छ। नाइजेरियाका लागि चिनियाँ राजदूत यु तुन हाई, नाइजेरियाको संघीय प्रतिनिधि सभा अन्तर्गत नाइजेरिया-चीन सम्बन्ध समितिका अध्यक्ष जाफारु याकु लगायतका अन्य पदाधिकारीहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।
शन हाई श्योङले आफ्नो सम्बोधनमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय कांग्रेसको तेस्रो पूर्ण बैठकले विश्वव्यापी आधुनिकीकरणका लागि विकासको नयाँ अवसर प्रदान गरेको र सभ्यताको आदानप्रदानका लागि नयाँ झ्यालको विस्तार गरेको व्यक्त गर्नुभयो।