सँगसँगै सुरक्षा पेटीको निर्माण
2024-09-19 20:28:34CRI
Share with:

विश्वव्यापीकरणको सिलसिलामा सुरक्षा सम्बन्धी विषय विश्वका विभिन्न स्थानमा रहेका हरेक मानिससँग घनिष्ट सम्बन्ध रहेको छ। जटिल चुनौतीको सामना गर्दा मानवजाति भाग्य एकरूपताको स्थापना गर्ने र अन्तर्राष्ट्रिय सहकार्य चलाउने भन्ने जरूरी कार्यभार नै हो।

हालै वैश्विक सार्वजनिक सुरक्षा सहकार्य मञ्च (ल्येन युन काङ) सन् २०२४ सम्मेलन चीनको च्याङ सु प्रान्तको ल्येन युन काङ शहरमा सफलताका साथ सम्पन्न भएको छ।

१२२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका उत्कृष्ट प्रतिनिधि र अतिथिहरूले भेला भई परिवर्तनमा रहेको सहकार्य र साझा जीत भन्ने विषयबारे विचार-विमर्श गरेका छन्। उनीहरूले नयाँ अवस्थामा चीनले वैश्विक सार्वजनिक सुरक्षा एकरूपताको निर्माणका लागि देखाएको कर्तव्यबोध तथा योगदानको सकारात्मक मुल्याङ्कन गरेका छन्।