सेप्टेम्बर २० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले नेपालकी विदेश मन्त्री आरजु राणा देउवालाई नेपालको राष्ट्रिय दिवसको अवसरमा बधाई सन्देश पठाउँदै शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो सन्देशमा मन्त्री वाङ यीले चीन र नेपाल पहाड र पानीसँग जोडिएको र विभिन्न पुस्तायता मैत्रीपूर्ण रहँदै आएका असल छिमेकी हुन् भन्नुभयो। उहाँका अनुसार, दुवै देशका नेतागणको रणनीतिक निर्देशन बमोजिम चीन-नेपाल परम्परागत मित्रता दिनप्रति दिन सुदृढ हुनुका साथै विभिन्न क्षेत्रमा रहेका आदानप्रदान र सहकार्य लगातार रूपमा विस्तार भई दुवै देशको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई पनि निरन्तर रूपमा गहिरिँदै आएको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ: यहाँ विदेश मन्त्री सँगसँगै प्रयास गरेर दुवै देशका नेतागण बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्नुका साथै चीन नेपाल सम्बन्धलाई निरन्तर रूपमा विकास गर्दै लान इच्छुक छु।