चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर २० तारिख अपराह्न पैचिङको बृहत् जनसभा भवनमा चीनको भ्रमणमा रहनुभएको मलेशियाका सर्वोच्च नेता सुल्तान इब्राहिम सुल्तान इस्कन्दरसँग भेट-वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले मलेशियासँग राम्रो परम्पराहरूलाई कायम राख्न र दुवै देशका आधुनिकीकरणको विकासको क्रममा आपसी रणनीतिक सहकार्यलाई गहिरो बनाउन र चीन-मलेशिया साझा भाग्य समूदायको निर्माणलाई निरन्तर रुपमा नयाँ स्तरमा पुर्याउन चीन इच्छुक रहेको औँल्याउनुभयो।
इब्राहीमले चीनसँगै मिलर दक्षिण चीन सागरमा शान्ति र स्थिरताको संरक्षण गर्न रचनात्मक योगदान गर्न र दुवै देश बीचमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी सम्पर्क तथा सहकार्यलाई बलियो बनाउन मलेशिया इच्छुक रहेको व्यक्त गर्नुभयो।
वार्ताअघि सी चिन फिङले बृहत् जनसभा भवनको उत्तर हलमा इब्राहीमको स्वागत समारोहको आयोजना गर्नुभएको थियो। सोही बेलुकी सी चिन फिङले बृहत् जनसभा भवनको सुनौलो हलमा इब्राहीमका लागि स्वागत भोजको आयोजना गर्नुभएको छ।