स्यूआन् नाचगान -- गुग राज्य भग्नावशेषको फेदमा अमूर्त सांस्कृतिक सम्पदा
2024-09-20 14:50:43CRI
Share with:

यी चित्रहरूमा, सिचाङ(तिब्बत)आली क्षेत्रको चाता जिल्लामा अवस्थित् गुग राज्य भग्नावशेषको फेदमा स्थानीयबासीहरू स्यूआन् नाचगान गर्दैछन्। स्यूआन् नाचगानको जन्मभूमि चाता जिल्ला हो। तिब्बती ओपेरा र नाचगान लगायतका मुख्य तिब्बती जनताका कलालाई मिलाएर आली क्षेत्रको परम्परागत नाचगान बनेको छ। स्यूआन् नाचगानमा तिब्बती जातिय धर्म, संस्कार, लोक प्रथा र पर्व लगायतका विभिन्न विषयहरू समेटिएका छन्। सन् २००८ मा,  स्यूआन् नाचगान चिनियाँ राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचिमा सूचीकृत गरिएको छ।