चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनले २० तारिख बिहान राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलन हलमा भव्यताका साथ चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो समारोहलाई महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले भन्नुभयो: हामीले पथको आत्मविश्वास, दृष्टिकोणको आत्मविश्वास, व्यवस्थाको आत्मविश्वास र संस्कृतिको आत्मविश्वासलाई सुदृढ पार्दै सम्पूर्ण प्रक्रियागत जन प्रजातन्त्रको विकास हुने क्रममा जन राजनीतिक परामर्शदात्री सम्मेलनको राजनीतिक श्रेष्ठताको सदुपयोग गरी निरन्तर रूपमा जिवन्त, शान्त र एकताबद्ध राजनीतिक वातावरणलाई सबल र विकसित पार्दै जाने छौँ।