२० वर्षदेखि धेरै उपलब्धिहरू प्राप्त गर्दैआएको चीन-आसियान एक्स्पो
2024-09-20 15:06:08cri
Share with:

२१औँ चीन-आसियान एक्स्पो सेप्टेम्बर २४ देखि २८ तारिखसम्म क्वाङ्सीको नानिङमा आयोजना हुने भएको छ।

तथ्याङ्कका अनुसार चीन-आसियान एक्स्पो आयोजना भएको २० वर्षमा चीन र आसियान देशहरूबीचको द्विपक्षीय व्यापारको मात्रा द्रुत रूपमा विस्तार भएको छ, सन् २००४ मा ८७६.३८ बिलियन युआनबाट सन् २०२३ मा ६.४१ ट्रिलियन युआन पुगेको छ भने औसतरूपमा ११ प्रतिशतको वृद्धि भएको छ। यस वर्षको पहिलो आठ महिनामा, आसियानका लागी चीनको आयात र निर्यात ४.५ ट्रिलियन युआन पुगेको छ, साथै आसियान निरन्तररूपमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार तथा चीनका शीर्ष पाँच व्यापारिक साझेदारहरूमा वृद्धि दर पहिलो स्थानमा रहेको क्षेत्र बनेको छ।