सन् २०२३ को अगष्ट २४ तारिख जापान सरकारले एकतर्फी रूपमा फुकुशिमा पहिलो पारमाणविक विद्युत् केन्द्रको प्रदुषित पानी समुद्रमा निश्कासन सुरु गरेको थियो। चीनले यस गैर-जिम्मेवार कार्यको कडा शब्दमा विरोध गरेको थियो।
हाल दुई देशका सम्बन्धित विभागहरूले पहिलो पारमाणविक विद्युत् केन्द्रको प्रदुषित पानी समुद्रमा निश्कासन गरिएको समस्यामा व्यापक छलफल गरिरहेका छन् र निम्न लिखित कुराहरूमा सहमति जनाएका छन्:
१. जापानले अन्तर्राष्ट्रिय कानूनी दायित्वहरूको पालन गर्दै मानव र वातावरणमा नकारात्मक प्रभाव उत्पन्न हुनबाट जोगाउनका लागि अधिकतम प्रयास गर्ने स्पष्टता दिएको छ।
२. जापानले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको ढाँचामा समुद्रमा छोड्ने प्रमुख प्रक्रियामा दीर्घकालीन अन्तर्राष्ट्रिय निगरानी व्यवस्थाको स्थापनाको स्वागत गरेको छ।
३. दुवै पक्षले पर्यावरणीय वातावरण र जनताको स्वास्थ्यप्रति उच्च जिम्मेवारीको भावनामा आधारित रहेर प्रदूषणसम्बन्धित चासोको उचित व्यवस्थापन गर्ने सहमति जनाएका छन्।
४. चीनका सम्बन्धित कानून र विश्व व्यापार संगठनका नियमहरू बमोजिम चीनले जापानमा उत्पत्ति भएका जलपदार्थमा आपतकालीन रोकको अस्थायी कदम चालेको छ।