राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नेपालको राष्ट्रिय दिवसको अवसरमा नेपाली राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश
2024-09-20 16:52:41cri
Share with:

सेप्टेम्बर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपाली राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउँदै नेपालको राष्ट्रिय दिवसको अवसरमा शुभकामना ज्ञापन गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुहुन्छ: चीन र नेपाल पहाड र पानी जोडिएको मैत्रीपूर्ण छिमेकी हुन्। दुवै देशले देशको विकास र समृद्धि हुने लक्ष्यलाई साकार तुल्याउने बाटोमा एकले अर्कालाई समर्थन गर्नुका साथै एकले अर्कालाई अवसर पनि प्रदान गर्दै आएका छन्। चीन नेपाल दौत्य सम्बन्ध कायम भएको ६९ वर्षयता अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आए तापनि दुवै देशले सधैँ नै एकले अर्काको सम्मान गर्नुका साथै समान रूपमा व्यवहार गर्दै मैत्रीपूर्ण आवत-जावत गर्दै आएका छन्।

राष्ट्राध्यक्ष सी अगाडि भन्नुहुन्छ: चीन नेपाल सम्बन्धको विकासप्रति मैले उच्च महत्व दिँदै आएको छु। राष्ट्रपतिज्यूसँगै मिलेर परम्परागत मित्रतालाई कायम राख्दै राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पारी चीन र नेपाल बीच विकास र समृद्धि लक्ष्य उन्मुख मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई विकास गर्दै लान इच्छुक छु।

सोहि दिन चीनका प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउनुभएको छ।