सेप्टेम्बर १६ तारिख अमेरिकी राज्य परिषदले ताइवानलाई लडाकु विमानहरूका लागि आवश्यक स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग बेच्न अनुमोदन गरेको छ। चिनियाँ रक्षा विभागका प्रवक्ता झाङ सियाओगाङले यसबारे पत्रकारको प्रश्नको जवाफ दिनुभएअनुसार अमेरिकाले चीनको ताइवान क्षेत्रलाई हतियार बिक्री गरेबाट एक चीन सिद्धान्त र चीन-अमेरिका तीन संयुक्त विज्ञप्तिको गम्भीर उल्लङ्घन भएको छ। चीनले अमेरिकासमक्ष कडारूपमा असन्तुष्टि व्यक्त गर्दै दृढताका साथ विरोध गरेको छ।
ताइवान समस्या चीन-अमेरिका सम्बन्धमा पहिलो दुर्गम रातो रेखा हो। चिनियाँ जनमुक्ति सेनाले सैन्य तालिम र युद्धको तयारीलाई सुदृढ गर्ने छ र "ताइवानको स्वतन्त्रता" का लागि कुनै पनि पृथकतावादी षड्यन्त्र र बाह्य शक्तिहरूको हस्तक्षेपलाई दृढतापूर्वक विफल पार्न निर्णायक र प्रभावकारी कदम चाल्ने छ।