अमेरिकी प्रतिनिधि सभाले हालै एक विधेयक पारित गरेको छ, जसमा २०२३ देखि २०२७ सम्म प्रत्येक वर्ष ३२ करोड ५० लाख अमेरिकी डलर, कुल १ अर्ब ६० करोड डलरमार्फत "चीनको दुष्ट प्रभाव" विरुद्धको लडाइमा खर्च गर्ने कुरा उल्लेख छ। चीनलाई बदनाम गर्ने यस नयाँ कदमले अमेरिकालाई वास्तवमै झुटो सूचना फैलाउने देशको रूपमा पुष्टि गरेको छ, जसले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय जनमत वातावरणमा नकारात्मक प्रभाव पारेको छ।
अमेरिकी राजनीतिज्ञहरू राजनीतिक लाभका लागि चीनलाई बदनाम गर्ने क्रममा नयाँ नयाँ साधनहरू प्रयोग गर्दै अमेरिकी जनताको चीनमाथि दुश्मनी जगाएर अमेरिका र चीन बीचको पारस्परिक सहयोगलाई बिगार्ने काममा व्यस्त देखिन्छन्। तथापि, हिलो छ्याप्ने र दबाउने प्रयासहरूले अमेरिकाका समस्याहरूको समाधान हुन सक्दैन। यसले चीनको विकास रोक्न सक्दैन, बरु चीन -अमेरिका सम्बन्धलाई बिगार्दै अमेरिकी राष्ट्रिय र जनताको हितमा हानि पुर्याउनेछ र विश्व शान्ति र स्थिरतामा खतरा ल्याउनेछ। अमेरिकी राजनीतिज्ञहरूले यो १ अर्ब ६० करोड डलरको खर्च गर्न लायक छ की भन्ने प्रश्न आत्ममूल्याङ्कन गर्नुपर्छ।