केन्द्रीय पार्टी स्कुल अन्तर्गत सिन्च्याङ जातीय अधिकृत तालिम कक्षा स्थापनाको ७० औँ वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिनुहुँदै केन्द्रीय पार्टी स्कुल अन्तर्गत सिन्च्याङ जातीय अधिकृत तालिम कक्षाको स्थापना नै केन्द्रीय समितिले गरेको एक महत्वपूर्ण निर्णय रहेको कुरा बताउनुभएको छ।
बितेका ७० वर्षयता सिन्च्याङ जातीय अधिकृत तालिम कक्षाले सिन्च्याङ अधिकृत समूहको निर्माणलाई मबजतु बनाउन, सिन्च्याङको आर्थिक र सामाजिक विकासलाई अघि बढाउन, सिन्च्याङ समाजको स्थिरता र दीर्घ सुरक्षालाई प्रबर्द्धन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।
नयाँ यात्रामा अझ ठूलो प्रयासमार्फत सिन्च्याङ जातीय अधिकृत तालिम कक्षालाई झन् उच्च गुणस्तरीय र झन् प्रभावकारीसँग चलाउनुका साथै सिन्च्याङका लागि अझ बढी भरपर्दो र शुद्ध भावना सहित उच्च गुणस्तरीय अधिकृतलाई हुर्काउँदै जाने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।