चीनको जन राजनीतिक पराममर्शदातृ सम्मेलन स्थापना भएको ७५ औँ वार्षिकोत्सव विषयक सम्मेलन सेप्टेम्बर २० तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सो सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै जन राजनीतिक पराममर्शदातृ सम्मेलन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा विभिन्न लोकतान्त्रिक दलहरू, स्वतन्त्र व्यक्तिहरू, जनसमूह र सबै जाति तथा क्षेत्रका व्यक्तिहरूसँगै मिलेर राजनीतिक प्रणालीमा गरिएको एक महान सिर्जना भएको औँल्याउनुभयो। उहाँले यसमा विशेष चिनियाँ विशेषताहरू र स्पष्ट राजनीतिक फाइदा रहेका छन् भने यो एक वैज्ञानिक, प्रभावकारी र कार्यान्वयन योग्य प्रणालीको व्यवस्था भएको भन्दै यसले मानवताको राजनीतिक कार्य प्रणालीको विकासको इतिहासमा विशेष राजनीतिक महत्त्व राखेको बताउनुभयो।