सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई अझ गहन पार्नका लागि केन्द्रीय प्रचार-प्रसार विभागको निर्देशन बमोजिम जन प्रकाशन एजेन्सीले अन्य सम्बद्ध एकाईसँग संयुक्त रूपमा निर्माण गरेको सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा डाटा भण्डारलाई सेप्टेम्बर २१ तारिख १४ औँ चिनियाँ अन्तर्राष्ट्रिय डिजिटल प्रकाशन मेलामा औपचारिक रूपमा अनलाईनमार्फत सार्वजनिक गरेको छ।
उक्त डाटा भण्डारमा राष्ट्राध्यक्ष सीका महत्वपूर्ण सम्बोधन, लेख, निर्देशन, अनुमोदन, बधाई पत्र र जवाफी चिट्ठी बाहेक सम्बद्ध पुस्तक र प्रेस रिपोर्ट पनि समेटिएका छन्। त्यसले प्रशिक्षण, वैज्ञानिक अनुसन्धान संस्था र प्रकाशन एजेन्सीको अनुसन्धान र प्रयोगका लागि सुविधा प्रदान गर्नेछ।