सातौँ “चिनियाँ किसानको राम्रो फसल पर्व” नजिकिँदै आएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले केन्द्रीय समितिको तर्फबाट देशभरका किसानहरू र “तीन किसिमका कृषि” भन्ने मोर्चामा कार्यरत् कमरेडहरूलाई पर्वको शुभकामना र न्यानो अभिवादन प्रकट गर्नुभएको छ।
चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउनका लागि अथक प्रयासमार्फत कृषि जगलाई सुदृढ पार्नुका साथै ग्रामीण क्षेत्रको सम्पूर्ण पुनरूत्थानलाई प्रबर्द्धन गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। उहाँका अनुसार, ग्रामीण क्षेत्रको पुनरूत्थान हुने परियोजनालाई तथ्यमा परिणत गरी कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई साकार तुल्याउन र सशक्त कृषि मुलुकको निर्माण गर्नका लागि बलियो जग बसालेको छ।