स्थानीय समय अनुसार सेप्टेम्बर १९ तारिख “अनलाइन सुनौलो पत्र: म र चीन बीचको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव उपलक्ष्यमा साउदी अरबको विशेष कार्यक्रम रियादमा सफलतापूर्वक आयोजना गरिएको छ। सो कार्यक्रमको सह-आयोजन चाइना मिडिया ग्रुप, साउदी अरबस्थित चिनियाँ राजदूताबास र साउदी अरबको अनुसन्धान तथा ज्ञान आदान-प्रदान केन्द्रले गरेका हुन्। केन्द्रीय प्रसार विभागका उप-प्रमुख, चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङले भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएको छ।
पछिल्ला वर्षहरूमा चीनले साउदी अरब र इरानबीचको मेलमिलापका लागि सक्रिय भूमिका खेल्दै, प्यालेष्टाइन र इजरायल बीचको द्वन्द्वमा मध्यस्थता गर्दै आएको छ। चीनको यस कार्यले मध्य पूर्वको शान्ति र स्थिरताका लागि चिनियाँ बुद्धिमत्ता योगदान पुर्याएको सम्मेलनमा सहभागी अतिथिहरूले एकमतमा विचार व्यक्त गरेका छन्।