एघारौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
2024-09-22 17:19:21cri
Share with:

सेप्टेम्बर २१ तारिख चाइना मिडिया ग्रुप, चीनको पल्लो शान सी प्रान्तीय जन सरकार र फुच्येन प्रान्तीय जन सरकारको संयोजकत्वमा एघारौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरू भएको छ।

पल्लो शान सी प्रान्तीय पार्टी समितिका सचिव एवम् एघारौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव संयोजन समितिका प्रमुख चाउ यी दले उद्घाटन समारोहमा सहभागी हुँदै चलचित्र महोत्सव शुरू भएको घोषणा गर्नुभयो। केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक एवम् एघारौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव संयोजन समितिका प्रमुख शन हाई स्योङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। चीनका लागि उज्वेकिस्तान, रूस, पाकिस्तान, दक्षिण कोरिया र ब्राजिल आदि मुलुकका प्रतिनिधिहरू, सम्बद्ध संगठनका जिम्मेवार व्यक्ति र धेरै मुलुकका अन्तर्राष्ट्रिय अतिथिहरू उद्घाटन समारोहमा सहभागी भएका छन्।

भिडियो सम्बोधनमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले “विचार जोड कला जोड प्रविधि” भन्ने सिर्जनशील विचारधारा बोकेर सीएमजीले विश्वका चलचित्र व्यक्तिहरू बीच आदानप्रदान गर्नका लागि संवार्ता गरिने चौतारोको स्थापना गर्दै जाने विचार व्यक्त गर्नुभएको छ।