सुडान सशस्त्र भिडन्तका लागि युद्धविराम नै सबभन्दा जरूरी
2024-09-22 17:21:47cri
Share with:

सेप्टेम्बर २१ तारिख संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले आफ्ना प्रवक्तामार्फत एउटा बक्तव्य जारी गर्दै सुडान सशस्त्र भिडन्तका लागि युद्धविराम नै अति आवश्यक रहेको मात्र नभई सबभन्दा जरूरी काम रहेको कुरामा जोड दिनुभएको छ।

 

उहाँका अनुसार, हाल सुडानको मानवतावादी अवस्था ज्यादै खतरनाक भएकाले लाखौँ लाख सर्वसाधारणलाई सहायता चाहिन्छ। उहाँले अन्तर्राष्ट्रिय मानवतावादी कानुन बमोजिम सर्वसाधारणको संरक्षण गर्दै सर्वसाधारण अथवा निजामति आधारभुत प्रबन्ध लक्षित सैनिक कारवाई नचलाउन सुडानको सशस्त्र भिडन्तमा मुछिएका विभिन्न पक्षहरूलाई आह्वान गर्नुभएको छ।