सेप्टेम्बर २२ तारिख दुई दिनसम्म चल्ने भविष्यका लागि संयुक्त राष्ट्रसंघको शिखर सम्मेलन न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा शुरू भएको छ। उक्त शिखर सम्मेलनमा उपलब्धि दस्तावेज “भविष्य सम्झौता” र यसको संलग्नता पारित गरिएको छ।
“भविष्य सम्झौता” र यसको संलग्नता “विश्व डिजिटल सम्झौता” र “भावी पुस्ताको घोषणा पत्र” मा दिगो विकास र विकासका लागि रकम जुटाउने, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, विज्ञान, प्रविधि र नवीकरण तथा डिजिटल सहयोग, युवायुवती र भावी पुस्ता, विश्वव्यापी शासन गरी पाँच वटा क्षेत्र समावेश छन्।
७९औँ संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष फिलेमोन याङले सम्बोधन गर्दै चुनौती र मौकाको अस्तित्वसहित भविष्य हाम्रो हातमा रहेको बताउनुभयो।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले यस पटकको शिखर सम्मेलनसँग गहिरो सुधार गर्न, “संयुक्त राष्ट्र संघको बडापत्र”को मूल धारणालाई आधारको रुपमा राखेर विश्वको संस्थानलाई अझै वैधानिक, निष्पक्ष र प्रभावकारी बनाउन आह्वान गर्नुभयो।